मेरो मोरोक्को भ्रमण मेरो मोरोक्को भ्रमण
म सुदाती श्रेष्ठ, नागार्जुना एकाडेमीमा कक्षा १० मा अध्ययनर एक छात्रा जसले 'प्रिश्रमको फल मीठो हुन्छ' भन्ने कुरा पढेको र सुनेको मात्र थिए, आज अनुभव पनि गरियो । आज मेरो आमा बुवा, मेरो विद्यालय र शिक्षकहरुको मिहेनत र सहयोगले म मेरो जीवनको पहिलो लक्ष्य पूरा गर्न सफल भए । साचिक्कै परिश्रमले गर्दा म मरोक्को जस्तो देश गइ आफ्नो प्रतिभा प्रस्फुटन गर्न सफल भए । सबैभन्दा ठूलो श्रेय त म मेरो विद्यालय, नागार्जुना एकाडेमीलाई दिन चाहन्छु जसले iEARN (International Education and Resource Network “www.iearn.org”) जस्तो अर्न्तर्राष्ट्रिय संस्था संग सहकार्यमा हामी विद्यार्थीहरुलाई अन्तरराष्ट्रिय स्तरमै प्रतिस्प्रधी बनाई हाम्रो व्यक्तित्व विकासका अलावा म अप्रिmकी मुलुक मोरोक्कोको भ्रमण गर्ने अवशर पाए । मेरो विद्यालयले प्रदान गरेको उक्त अवसरको फइदा उर्ठाई म पनि मेरा साथी र शिक्षकहरुको सथामा थुप्रै सृजनात्मक कार्यहरुमा अघि सरेर आखिरमा सफल पनि भए ।
iEARN आज भन्दा झण्डै २० वर्षअगाडि एक सामान्य शिक्षकले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले तयार हाल विश्वका ११५ देशका २०,००० विद्यालयका २०,००,००० भन्दा बढी विद्यार्थीहरुले अन्तरक्रिया गर्ने संजाल रुपमा विकसित भई संसार भरका विद्यार्थी तथा शिक्षकहरु बीच लोकप्रिय बनेको छ । iEARNको मुख्य अफिस अमेरीकामा छ। यसको नेपालमा पनि शाखा रहेको छ । यो शुल्करहित स्वयंसेवकहरुद्वारां सञ्चालीत एवं विस्तारित एक सुरक्षित कम्पयुटरको संजाल हो । हामी iEARN सँग संलग्न भई थुप्रै कार्य गरेको झन्डै तीन वर्षभइसक्यो । हामीहरुले उक्त संस्थासँग मिलेर थुप्रै एProjects तयार गरी अन्तरराष्ट्रिय स्तरमै अन्तरव्रिkया गरीरहेका छौ । iEARN ले गत वर्षसदस्य विद्यालय विच निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको थियो जसमा २५० शब्दको सेरोफेरोमा रहेर, यस संस्थासँग संलग्न रहँदा पाएको अनुभव र विद्यार्थी , विद्यालय एवं समुदायमै यसले पारेको प्रभावको बारेमा लेख्नु पर्ने थियो । यो योजना विश्वभरिका यसका सदस्य विद्यार्थी र शिक्षकहरुका लागि थियो जसबाट केवल ४ जना विद्यार्थी र ४ जना शिक्षकलाई पुरुस्कार स्वरुप १६औँ शिखर सम्मेलनमा निशुल्क भाग लिने अवशर दिइएको थियो । ति चार जना विद्यार्थीहरु मध्ये म प्रथम भएकोमा आफूलाई ज्यादै भाग्यशाली ठान्छु । विद्यार्थी समुहमा नेपाल पछि छात्रवृत्ति प्राप्त गर्ने अरु राष्ट्रहरु थाइल्याण्ड, ब्राजिल, इन्डोनेसिया थिए । म मरोक्को जानुको प्रमुख कारण भनेकै iEARN को १६औँ शिखर सम्मेलन तथा १३औ.युवा भेलामा भाग लिनु थियो । त्याँहा मैले iEARN र यसले युवा तथा समुदायमा पारेको प्रभावको विषयमा कार्य पत्र प्रस्तुत र नेपाली संस्कृती झल्कने नृत्य प्रस्तुत गनुपर्ने मौका भनु वा अवशर पाएको थिय । म १६ वर्षनपुगेको हुनाले त्याँहाको संस्थापकहरुले मलाई आफूसँग एउटा साथि ल्याउन आग्रह गरे, त्यसैले मैले मेरी आमा, सुजा श्रेष्ठलाई लाने फैसला गरे ।
हामी -Infrane, Al - Akhawayan University मा १८ जुलाईमा पुग्यौँ र कार्यक्रम भने १९ जुलाई देखि सुरु हुने थियो । उक्त सम्मेलनमा ५३ राष्ट्रहरु सहभागी थिए । जसमा थुप्रैलाई नेपालको बारेमा कत्ति पनि थाहा थिएन र म नेपाली छात्रा भएर त्याँहा थुप्रै मानिसलाई नेपालको परिचय दिने मौका पाए, आफ्नो देशलाई उनीहरुको सामु चिनाउन पाए । त्यँहा रहदा मैले थुप्रै गोष्टिहरुमा भाग लिएँ । सम्मेलनको अवधिमा हमीलाई थुप्रै सहरहरु पनि घुमाइयो जस्तौ फेस मेकेनिज् , मराक्केस , रबाट, मरोक्को राजधानी र क्यासाबालन्का यी सबै सहरहरु ज्यादै सुन्दर र रमाइला थिए । राजतन्त्रात्मक शासन भएको मोरोक्को ज्यादै विकसित, शान्त, सुरक्षित, सुन्दर र रमालो रहेछ साथ्ौ वास्तुकला र मर्ुर्तिकलामा पनि ज्यादै धनी रहेछ ।
मैले मेरो कार्य प्रत्र र सांस्कृतिक नृत्य २२ जुलाईमा प्रस्तुत गरे । त्यो दिन मेरो सबैभन्दा रमाइलो र अविष्मरणीय थियो । मेरो नृत्य सबैले मनपराय र मलाई नृत्यमा उत्कृष्ट ठहर गरी प्रथम स्थान हासिल गरी प्रमाण पत्र र पुरस्कार पनि प्राप्त गरे । त्याँहा सबैले मेरो खुब तारिफ गरेको देखेर मेरी आमाको आँखाबाट खुसीको आँसु पनि झर्यो । म यो भ्रमणबाट ज्यादै प्रभावित भएको छु । साथ साथै धेरै अनुभव बटुल्ने मौकापाए । यति मात्रै होइन भ्रमणबाट म मा कुनै पनि काम गर्ने क्षमता बढेकको जस्तो लाग्यो र आफूभित्र भएको खूबीलाई कहिल्यै लुकाउनु हुँदैन बरु सबै समक्ष प्रस्फूटन गर्नुपर्छ भन्ने कुरा पनि सहि हो जस्तो लाग्यो । मैले भ्रमणबाट थुप्रै महत्वपर्ूण्ा कुराहरु हासिल गरे यो मेरो अन्त्य होइन, यो त मेरो सफलताको पहिलो सिढी हो र मलाई अझ अरु थुप्रै सिढीहरु चढी माथि पुग्नु छ र आफ्नो र आफ्नो देशको नाम राख्नु छ । म मेरो यो भ्रमण जीवनभर भुल्ने छैन । अब मलाई थाहा भयो परिश्रमले संसारमा सबै कुरा जित्न सकिदो रहोछ । जीवनमा केही कुरा पाउन परिश्रम र मिहेनत सधैँ चाहिन्छ भन्ने कुरा हामीले कहित्यै बिर्सिनु हुँदैन ।
सुदाती श्रेष्ठ
कक्षा १०
नागर्जुना एकेडेमी, कुपण्डोल-१, ललितपूर ।
Visit following sites for photographs:
http://nagarjuna.edu.np/gallery/thumbnails.php?album=13
http://www.flickr.com/photos/suspeeters/sets/72157621564849525/