| News
and Events
|
|
जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाद्धारा विश्व रेडक्रस दिवसको उपलक्ष्यमा आयोजित जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा यस नागार्जुना एकाडेमी प्रथम स्थान हासिल गर्न सफल भयो । उक्त प्रतियोगिताको लागि यस विद्यालयका ३ जना विद्यार्थीहरु क्रमशः सुदाति श्रेष्ठ कक्षा- १०, आदर्श कटुवाल कक्षा - १० र प्रयास वि. सिजापति कक्षा -९ बाट सहभागि भएका थिए । जम्मा ३३ स्कुल सहभागि भएको त्यस प्रतियोगिताको फाईनल राउण्ड विश्व रेडक्रस दिवशको दिन वैशाख २५ मा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाको सभा हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको प्रमुख अतिथिबाट प्रथम हुने यस विद्यालयका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणमत्र र विद्यालयलाई शिल्ड प्रदान गरिएको थियो । त्यसै गरि द्धितिय, तृतिय र सान्त्वना प्राप्त गर्ने विद्यार्थीहरु र स्कुलहरुलाई पनि पुरस्कृत गरिएको थियो । नेपाल जुनियर रेडक्रस र्सकल, नागार्जुना एकाडेमी Visit this site for photos : http://nagarjuna.edu.np/gallery/displayimage.php?album=lastup&cat=0&pos=0 |
|