
Breaking Notice
Codiv 19 -Stay Safe- Stay at Home.
आदरणीय अभिभावकज्यु तथा विद्यार्थीहरु सबैलाईस्वागत छ ।काेभिड-१९ काे विश्वव्यापी महामारीले गर्दा अहिले विश्व नै असहज परिस्थितिमा छ। त्यही विश्वमा हामी पनि छाैँ । त्यसैले हामीले अनेकाैँ बाधा र असुविधालाई सहन गर्न सिक्नुपर्छ ।आजसम्म हाम्राे विद्यालयमा छुट्टी नै छ । अब हामी बिस्तारै बिस्तारै पढाइमा केन्द्रित हुने छाैँ । आजको प्रविधिसँग जोडिएर हामीले दुई प्रकारका कक्षाहरु सञ्चालन गर्न लागेका छौं । विद्यार्थीहरुसँग प्रत्यक्ष रूपमा online मा भेटघाट गर्ने छौं भने अप्रत्यक्ष कक्षामा चाहिँ हामीले viber , ईमेलबाट विद्यार्थीहरूसँग सम्पर्क गर्नेछौं । यसैक्रममा परीक्षणको रुपमा हामीले विद्यार्थीहरुसँग प्रत्यक्ष कक्षा सञ्चालन गर्दै छौं । कृपया आफूसँग भएको हो कम्प्युटर ल्यापटप वा मोबाइलमा डाउनलोड गर्नुहोला । अभिभावक ज्यु हरुले आफ्ना नानीहरु लगायत बिधालयलाई पनि आवश्यक सहयोग र सुझाव दिनु हुन्छ भन्ने अपेक्षा गर्दछौ ।
नोटः– नयाँ विद्यार्थी भर्ना , विद्यालय सामग्री, Printed Result तथा अन्य आवश्यक जानकारीको लागि विद्यालयको लेखा शाखा (Account Section) हरेक दिन विहान 08:30 देखी १२:00 बजे सम्म खुल्ने जानकारी गराउँछौं ।
विद्यालय प्रशासन
सम्पर्क नं. ०१–५५२०११२ एक्सटेन्सन : २२
धन्यबाद।
Notice Nagarjuna Academy
Teachers Wanted
Teachers Wanted
For the academic year 2076.
Thank You!
Notice Kids World
Faculties
Articles
- » Educational
- » Health
- » Jokes
- » Poems
- » Stories